kumari
stcnepal

नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ । नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना प्रदेश प्रमुखलाई शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

footer