kumari
stcnepal

रवि लामिछानेले सहकारी छानबिन समितिमा भदौ ७ गते बयान दिने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा भदौ ७ गते बयान दिनुहुने भएको छ ।

सभापति लामछिानेले आज पार्टीको केन्द्रीय समिति बैठकमा आफू ७ गते बयान दिन जाने जानकारी दिनुभएको हो । समितिले उहाँलाई ७ गतेका लागि बयानमा बोलाएको हो । ‘समितिले मलाई भदौ ७ गते बोलाएको छ । म त्यहाँ जान्छु । गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु,’ सभापति लामिछानेले भन्नुभयो ।

लामिछानेमाथि कास्कीस्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलनको आरोप लागेको छ । तर उहाँले आफूमाथिको आरोप अस्वीकार गर्दै आउनुभएको छ । यसका मुख्य आरोपी जीवी राई फरार हुनुहुन्छ ।

footer