kumari
stcnepal

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलको जित

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबलले  जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा । आज भएको खेलमा हिमालयनले च्यासल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको हो । हिमालयनको जितमा मुटम्बा पिस्टनले दुई गोल गरे । सुरेश कुमालको नाममा एक गोल रह्यो । च्यासलका रुमेश बर्तौलाले एक गोल फर्काए ।

खेलको २५ औं मिनेटमा मुटम्बाले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा मुटम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए । ७५ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई २–१ को स्थितिमा ल्याए । तर, खेलको ८० औं मिनेटमा सुरेशले गोल गर्दै हिमालयनलाई ३–१ को जित दिलाए ।

यस जितसँगै हिमालयनले ६ खेलमा ८ अंक जोडेको छ । च्यासलले ६ खेलमा ४ अंक जोडेको छ ।

footer