सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलको जित

533
shares

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबलले  जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा । आज भएको खेलमा हिमालयनले च्यासल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको हो । हिमालयनको जितमा मुटम्बा पिस्टनले दुई गोल गरे । सुरेश कुमालको नाममा एक गोल रह्यो । च्यासलका रुमेश बर्तौलाले एक गोल फर्काए ।

खेलको २५ औं मिनेटमा मुटम्बाले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा मुटम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए । ७५ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई २–१ को स्थितिमा ल्याए । तर, खेलको ८० औं मिनेटमा सुरेशले गोल गर्दै हिमालयनलाई ३–१ को जित दिलाए ।

यस जितसँगै हिमालयनले ६ खेलमा ८ अंक जोडेको छ । च्यासलले ६ खेलमा ४ अंक जोडेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports