kumari
stcnepal

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल आज हुँदै

काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेश विरुद्ध खेलिरहेको छ । टस जितेर पुलिसले ब्याटिङ गर्ने भएको छ ।

पुलिस समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। बागमती भने समूह ‘बी’को उपविजेता टोली हो। पुलिसले समूह चरणमा सतप्रतिशत नतिजा निकालेको थियो । बागमती प्रदेश भने एपीएफसँग पराजित भएको थियो ।आजै हुने दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्नेछन् । एपीएफ समूह ‘बी’ को विजेता टोली हो भने आर्मी समूह ‘ए’ को उपविजेता टोली हो ।

एपीएफले समूहका चारै खेल जितेको थियो । साविक विजेता आर्मीले भने चारमध्ये दुई खेलमा जित तथा एक खेलमा अंक बाडेको थियो भने आर्मी एक खेलमा पराजित भएको थियो ।

footer