विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल आज हुँदै

715
shares

काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेश विरुद्ध खेलिरहेको छ । टस जितेर पुलिसले ब्याटिङ गर्ने भएको छ ।

पुलिस समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। बागमती भने समूह ‘बी’को उपविजेता टोली हो। पुलिसले समूह चरणमा सतप्रतिशत नतिजा निकालेको थियो । बागमती प्रदेश भने एपीएफसँग पराजित भएको थियो ।आजै हुने दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्नेछन् । एपीएफ समूह ‘बी’ को विजेता टोली हो भने आर्मी समूह ‘ए’ को उपविजेता टोली हो ।

एपीएफले समूहका चारै खेल जितेको थियो । साविक विजेता आर्मीले भने चारमध्ये दुई खेलमा जित तथा एक खेलमा अंक बाडेको थियो भने आर्मी एक खेलमा पराजित भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports