kumari
stcnepal

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरियन्टल को–अपरेटिभका तत्कालीन अध्यक्ष सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने भएको छ । बस्नेतले भेगासिटी अपार्टमेन्ट निर्माण कार्य सम्पन्न गरी बचतकर्ताको रकम फिर्ता गर्न समितिमा बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विश्वसनीय नदेखिएको भन्दै समितिले नै सम्पत्ति लिलाम गर्ने भएको हो ।

समिति सदस्यसचिव रेवतीरमण पोखरेलका अनुसार बस्नेतको नाममा विभिन्न स्थानमा रहेको सम्पत्ति लिलाम गरिनेछ । यसमध्ये कोहीनूर हिल हाउजिङको नाममा दर्ता रहेका ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा २ मा रहेको निर्माणाधीन भेगाससिटी अपार्टमेन्ट र भक्तपुजर जिल्ला साविक इमाडोल गाविस वडा ३ गुण्डुमा विभिन्न व्यक्तिको नाममा रहेका जग्गा लिलाम गर्ने भएको छ । साथै संस्थाको नाममा चितवन, नवलपरासी (पूर्व), तनहुँ, कास्की, मकवानपुर, दाङ र मोरङ जिल्लामा रहेको जग्गा बिक्री गर्नेछ ।

समितिले बस्नेतले पेस गरेको डिपिआर फर्जी भएको ठहर गरेको छ । बस्नेतले अधुरो अवस्थामा रहेको भेगाससिटी अपार्टमेन्ट थप निर्माण गर्न समितिसमक्ष गत फागुन १३ गते डिपिआर पेस गरेका थिए । त्यसमा कानुनबमोजिम दर्तावाल इन्जिनियरले डिपिआर तयार गरेको नपाइएको, विशेषज्ञको हस्ताक्षर नभएको, सरकारको सम्बन्धित निकायबाट स्वीकृति लिएको कागजात पेस नभएको समितिले जनाएको छ।

footer