तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

494
shares

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरियन्टल को–अपरेटिभका तत्कालीन अध्यक्ष सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने भएको छ । बस्नेतले भेगासिटी अपार्टमेन्ट निर्माण कार्य सम्पन्न गरी बचतकर्ताको रकम फिर्ता गर्न समितिमा बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विश्वसनीय नदेखिएको भन्दै समितिले नै सम्पत्ति लिलाम गर्ने भएको हो ।

समिति सदस्यसचिव रेवतीरमण पोखरेलका अनुसार बस्नेतको नाममा विभिन्न स्थानमा रहेको सम्पत्ति लिलाम गरिनेछ । यसमध्ये कोहीनूर हिल हाउजिङको नाममा दर्ता रहेका ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा २ मा रहेको निर्माणाधीन भेगाससिटी अपार्टमेन्ट र भक्तपुजर जिल्ला साविक इमाडोल गाविस वडा ३ गुण्डुमा विभिन्न व्यक्तिको नाममा रहेका जग्गा लिलाम गर्ने भएको छ । साथै संस्थाको नाममा चितवन, नवलपरासी (पूर्व), तनहुँ, कास्की, मकवानपुर, दाङ र मोरङ जिल्लामा रहेको जग्गा बिक्री गर्नेछ ।

समितिले बस्नेतले पेस गरेको डिपिआर फर्जी भएको ठहर गरेको छ । बस्नेतले अधुरो अवस्थामा रहेको भेगाससिटी अपार्टमेन्ट थप निर्माण गर्न समितिसमक्ष गत फागुन १३ गते डिपिआर पेस गरेका थिए । त्यसमा कानुनबमोजिम दर्तावाल इन्जिनियरले डिपिआर तयार गरेको नपाइएको, विशेषज्ञको हस्ताक्षर नभएको, सरकारको सम्बन्धित निकायबाट स्वीकृति लिएको कागजात पेस नभएको समितिले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports