kumari
stcnepal

प्रभु बैंकले ल्यायो चेतना बचत खाता

काठमाडौं । प्रभु बैंकले ‘प्रभु चेतना बचत खाता’ सञ्चालनमा ल्याएको छ । सबै नेपालीलाई बैंकिङ प्रणालीभित्र समेट्ने उद्देश्यले १ वैशाखमा नेपाल सरकारले सञ्चालन गरेको ‘खोलौँ बैंक खाता अभियान, २०७६’लाई सहयोग पु¥याउने उद्देश्यले बैंकले नयाँ खाता योजना सञ्चालन गरेको हो ।

प्रभु बैंकले सञ्चालनमा खातामा बैंकका तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ । खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुने बताइएको छ ।

योजनाअन्तर्गत खोलिने हरेक खातामा १ वर्षका लागि निःशुल्क भिसाकार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्थासमेत रहेको छ ।

footer