kumari
stcnepal

२४ घण्टामा  १३८६ जनामा संक्रमण, संख्या निरन्तर घट्दै

पछिल्लो साता कोरोना भाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य जना जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  १३८६ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् ।

यसअघि शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २५२६ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बिहीबार ३ हजार १७५ जना, बुधबार ३ हजार ६३७, मंगलबार ५ हजार ५८३, सोमबार ५ हजार २९२ र आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको थियो ।
footer