kumari
stcnepal

पाँच दलिय गठबन्धनको बैठक आज ५ बजे बस्ने

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच बिहीबार बिहान भेटवार्ता भएको छ । एमसीसी बारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्न अघि दुई नेता बीच छलफल भएको हो ।

बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनको बैठक अघि सहमतिका लागि पहल गर्न ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।

global bank  ad lamu

काँग्रेस सभापति समेत रहेका देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड सहमति कायम गरेर मात्र त्यसलाई टेबल गर्ने पक्षमा छन् । प्रधानमन्त्रीले जबरजस्ती सम्झौतालाई संसद्मा टेबल गरे माओवादीले सरकार सम्म छाड्ने धम्की दिएको छ।

 

 

footer