kumari
stcnepal

फास्ट ट्रयाक २०८१ सम्ममा तयार हुन्छ : नेपाली सेना

नेपाली सेनाले तराई-मधेध द्रुत मार्ग (फास्ट ट्र्याक) २०८१ को पुस महिना सम्‍ममा निर्माण सकिने दावी गरेको छ ।

विभिन्न प्याकेज बाट एकै पटक काम अघि बढाएर तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले बताए । उनका अनुसार यो आर्थिक वर्षको अन्तिम सम्‍ममा आयोजनामा २१ प्रतिशत प्रगति हासिल हुनेछ र आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्न अब सुरू हुनेछ । त्यसका लागि डिजाइनको निर्माण सकिएको पोखरेलले बताए ।

prabhu bank

मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्‍मेलनमा पोखरेलले भने, ‘डिजाइन रिभ्यूको क्रममा छ । सुरूङ बन्दै गर्दा पुलहरुको निर्माण भने एकै साथ गरिनेछ ।’ बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमै निर्माण सम्पन्न हुने उनले बताए ।

यस्तै फास्ट ट्र्याकको प्रवेश विन्दुको  विषयमा खोकनामा भएको विवादका विषयमा भने माथिल्लो तहबाटै पहल भइरहेको पोखरेलले बताए । उनले भने, ‘खोकनाको ११ किलोमिटर विवाद समाधान भएपछि गर्ने गरी तत्कालका लागि त्यसै छाडिनेछ ।’

 

 

 

 

footer