विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फास्ट ट्रयाक २०८१ सम्ममा तयार हुन्छ : नेपाली सेना

858
shares

नेपाली सेनाले तराई-मधेध द्रुत मार्ग (फास्ट ट्र्याक) २०८१ को पुस महिना सम्‍ममा निर्माण सकिने दावी गरेको छ ।

विभिन्न प्याकेज बाट एकै पटक काम अघि बढाएर तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले बताए । उनका अनुसार यो आर्थिक वर्षको अन्तिम सम्‍ममा आयोजनामा २१ प्रतिशत प्रगति हासिल हुनेछ र आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्न अब सुरू हुनेछ । त्यसका लागि डिजाइनको निर्माण सकिएको पोखरेलले बताए ।

prabhu bank

मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्‍मेलनमा पोखरेलले भने, ‘डिजाइन रिभ्यूको क्रममा छ । सुरूङ बन्दै गर्दा पुलहरुको निर्माण भने एकै साथ गरिनेछ ।’ बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमै निर्माण सम्पन्न हुने उनले बताए ।

यस्तै फास्ट ट्र्याकको प्रवेश विन्दुको  विषयमा खोकनामा भएको विवादका विषयमा भने माथिल्लो तहबाटै पहल भइरहेको पोखरेलले बताए । उनले भने, ‘खोकनाको ११ किलोमिटर विवाद समाधान भएपछि गर्ने गरी तत्कालका लागि त्यसै छाडिनेछ ।’

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports