kumari
stcnepal

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरुमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्ने क्रममा काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रालिसँग सम्झौता गरेको छ ।

आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको बैंकले जनाएको छ । सम्झौतामार्फत बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्पmत भुक्तानी गर्दा फुण्ड एण्ड बेभरेजमा १० प्रतिशत छूट प्राप्त गर्ने भएका छन् ।

साथै सोल्टी इन्टरप्राइजेजअन्तर्गत सञ्चालनमा रहेका अन्य होटेलहरुमा समेत यो छूट प्राप्त हुने बताइएको छ । सम्झौताबमोजिम बैंक र इन्टरप्राइजेजले प्रवर्द्धनात्मक कार्यक्रमहरु समेत सञ्चालन गर्ने भएका छन् ।

footer