linktrix Long Ad
Salt Trading Long Ad

अब नेपाल सहित ३५ देशका नागरिकलाई श्रीलंका जान भिसा नचाहिने

806
shares

काठमाडौं । श्रीलंका जान अब भिसा नचाहिने भएको छ । बुधबार त्यहाँको मन्त्रिपरिषद बैठकले आगामी अक्टोबर १ (भदौ १६) देखि नेपाल, भारत लगायत ३५ देशका नागरिकलाई बिना भिसा देश प्रवेश गर्न दिने निर्णय गरेको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, अब आगामी ६ महिनासम्म ३५ देशका नागरिक भिसाबिनै श्रीलंका प्रवेश गर्न सक्नेछन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले भिसा नलाग्ने मुलुकहरूको सूचीमा नेपाललाई पनि समेटेकोप्रति खुसी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा श्रीलंकाका विदेशमन्त्रीको पोस्टलाई रिपोस्ट गर्दै लम्सालले धन्यवाद दिएका छन् ।

श्रीलंका जाँदा भिसा नलाग्ने देशहरूको सूची :
१. बेलायत
२. जर्मनी
३. नेदरल्यान्ड्स
४. बेल्जियम
५. स्पेन
६. अस्ट्रेलिया
७. डेनमार्क
८. पोल्यान्ड
९. काजाकिस्तान
१०. साउदी अरब
११. यूएई
१२. नेपाल
१३. चीन
१४. भारत
१५. इन्डोनेसिया
१६. रुस
१७. थाइल्यान्ड
१८. मलेसिया
१९. जापान
२०. फ्रान्स
२१. अमेरिका
२२. क्यानाडा
२३. चेक गणतन्त्र
२४. इटाली
२५. स्विट्जरल्यान्ड
२६. अस्ट्रिया
२७. इजरायल
२८. बेलारुस
२९. इरान
३०. स्विडेन
३१. दक्षिण कोरिया
३२. कतार
३३. ओमान
३४. बहराइन
३५. न्युजिल्यान्ड

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports