linktrix Long Ad
Salt Trading Long Ad

३० बर्षिय सेवा अवधि हटाउन प्रहरी अधिकृतहरु पुगे सर्बोच्च अदालत

819
shares

काठमाडौँ – प्रहरी सेवाको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरु एकसाथ सर्वोच्च अदालत पुगेका छन्।

आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले बुधबार सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका हुन्। सर्वोच्चका अनुसार ट्राफिक प्रहरी प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी अधिकृतहरुले सहितले वारिसमार्फत रिट दायर गरेका हुन्।

उनीहरुले रिट निवेदनमा भनेका छन्, ‘निर्देशनात्मक आदेशहरुको सम्मान र सामञ्जस्यता हुने गरी नेपाल प्रहरी सेवामा ३० बर्षे यो अवधिको आधारमा अनिवार्य अवकाश दिने व्यवस्था प्रस्तुत रिट निवेदन दायर भएको मितिबाटै लागू नहुने गरी प्रबन्ध गर्न विपक्षीहरुको नाममा जे जो चाहिने उपयुक्त आदेश जारी गरी पाऊँ।’

२०५१ सालमा असईमा भर्ना भएर केहीले त्यहीवर्ष इन्सपेक्टरमा पनि नाम निकालेका थिए। तर, उनीहरूले सेवा अविधको गणना असईको नियुक्ति लिएको मितिबाट गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाश दिने व्यवस्था रिट दायर भएको मितिबाटै लागू नहुनेगरी आदेशको माग गरिएको छ।

भदौ १६ गते इन्सपेक्टरदेखि डीआईजीसम्म ८९ जना अधिकृतहरु ३० वर्षे सेवा अवधिका कारण अवकास पाउँदैछन्। उनीहरुले नेपाली सेनासहित अरु सेवामा ३० वर्षे सेवा अवधि हटिसकेको अवस्थामा नेपाल प्रहरीमा मात्रै लागू गर्दा दक्ष जनशक्ति अनाआवश्यक रुपमा बाहिरिएको दाबी गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports