kumari
stcnepal

मन्त्रिपरिषदको निर्णयपछिमात्र संसदको बैठक बस्ने

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि ११ बुँदामा व्याख्यात्मक घोषणा गरिने भएपछि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको छ ।एक सुत्रले दिएको जानकारीअनुसार अहिले मन्त्रिपरिषद्को बैठक बस्ने तयारी भइरहेको हो ।

मन्त्रिपरिषद्को निर्णयबाट ११ बुँदामा व्याख्यात्मक टिप्पणीलाई समावेश मन्त्रिपरिषदको बैठकबाट पारित गरिएपछि सैद्धान्तिक छलफलका लागि प्रतिनिधिसभा बैठकमा सम्झौता प्रस्तुत गर्ने तयारी भएको सुत्रले जानकारी दिएको छ ।

व्याख्यात्मक घोषणा थप गर्ने गठबन्धनले निर्णय गरेपछि सो कुरा समावेश गरेर संसदमा प्रस्तुत गर्ने विषयमामन्त्रिपरिषदले निर्णय गर्ने भएको हो । मन्त्रिपरिषदको निर्णयपछि मात्र आजको संसद बैठक बस्ने तयारी भएको छ ।

 

footer