kumari
stcnepal

मन्त्रिपरिषद हेरफेर हुने, केही मन्त्रीहरु विदा गर्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरवहादुर देउवाले एमसीसी सम्झौतालाई ससदवाट अनुमोदन गराएपछि अब स्थानीय तह हुदै प्रदेशसभा र संघीय ससदको निर्वाचन चुनावका लागि ध्यान केन्द्रीत गर्न थालेका छन् ।

यसै विषयलाई उनले मन्त्रिपरिषद हेरफेर गर्ने गृहकार्य समेत अघि बढाएका छन् । हाल मन्त्री रहेका मध्येका केहीलाई विदा दिएर अरुलाई मन्त्री बनाइने सूत्रले दावी गरेको छ ।

सूत्रका अनुसार गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्रीमा लगिने र गृहमा प्रकाशमान सिँहलाई ल्याइने सम्भावना रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको सल्लाहमा अर्थमन्त्रीलाई समेत अर्को मन्त्रालयमा पठाएर अर्थमा ज्ञानेन्द्रवहादुर कार्कीलाई ल्याइने सम्भावना रहेको छ ।

यसैगरी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको सल्लाहमा समाजवादीका दुई मन्त्री फेरवदल हुन सक्ने सम्भावना रहेको र रक्षा, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा समेत मन्त्री नियुक्त गर्ने गृहकार्य शुरु भएको छ । अबको केही दिनाभीत्रैमा मन्त्रिपरिषद हेरफेर हुने भएको छ ।

footer