kumari
stcnepal

निलम्बित प्रधानन्यायाधीश जबरामाथीको महाअभियोगको प्रस्ताव तत्काल पारित गर्न नेपाल बारको माग

काठमाडौं । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अब न्यायपलिका र सार्वजनिक दायित्वका पदमा स्वीकार गर्न नसकिने बताएको छ।

नेपाल बारको १५औँ राष्ट्रिय सम्मेलनले पारित गरेको २२ बुँदे घोषणपत्र आज (बिहीबार)सार्वजनिक गर्दै उनीविरुद्धको महाअभियोग प्रस्ताव छिट्टै पारित गर्न माग पनि गरेको छ ।

“प्रतिनिधिसभामा महाअभियोगको प्रस्ताव दर्ता भई निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको प्रस्तावउपर यथाशीघ्र कारबाही प्रारम्भ गरी पारित गर्न नेपाल बार एसोसिएसनको यो सम्मेलन माग गर्दछ,” घोषणापत्रमा उल्लेख गरिएको छ ।

नेपाल बारले जबराको बहिर्गमन नै न्यायपालिका सुधारको आधार नभई सुधारको प्रस्थानविन्दु भएको जनाएको छ । यस्तै, भ्रष्टाचारलगायत विषयमा अरू न्यायाधीशमाथि पनि छानबिन हुनुपर्ने माग समेत गरेको छ ।

footer