kumari
stcnepal

आज सुनको भाउ तोलाको एक लाख रुपैयाँ नजिक

 

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ करिब एक लाख रुपैयाँ नजिक पुगेको छ । आज( बिहीबार )प्रतितोला चार सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो (वुधबार )छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।आज (बिहीबार) तेजाबी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढे एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

footer