kumari
stcnepal

पार्टीगत र व्यतिगत स्वार्थ पुरा गर्न एमसीसी हतियार

काठमाडौँ । एमसीसी सम्झौतलाई फागुन १५ गते बसेको ससदको बैठकले अनुमोदन गरेपछि नेपाली काग्रेस बाहेकका सत्ता गठवन्धनमा रहेका सबै पार्टीहरुमा विवाद उत्पन्न भएको छ । ससदको सबै भन्दा ठूलो दल र प्रमुख प्रतिपक्षी दलले एमसीसी सम्झौता अनुमोदन भएपछि त्यसलाई कार्यान्यनमा लैजानु पर्ने वताएको छन् । एमसीसी सम्झौता ससदवाट अनुमोदन हुँदा नेकपा एमालेले संसदमा नारावाजी गरिरहेको थियो । लामो समयदेखि नेकपा एमालेले ससद अवरुद्ध गरीरहेको भएपनि सरकार र सत्ता गठवन्धनमा रहेका दलहरुले एमालेले उठाएका मागहरु पुरा गर्न तर्फ कुनै चासो नदिएका हुनाले ससदको गतिरोध तत्काल अन्त्य हुने सम्भावना देखिएको छैन ।

प्रमुख प्रतिपक्षी दलले ससदमा नारावाजी गरीरहेको भएपनि ससदका काम कारवाहीहरु भने अघि बढाइदै आएको छ । नारावाजी बीच मै एमसीसी सम्झौतालाई अनुमोदन गराइयो कतिपय महत्वपूर्ण विद्येयकहरु पारित गराईयो । यसरी प्रमुख विपक्षी दललाई वेवास्ता गरेर सरकार र ससद अघि बढिरहने जस्तो देखिएको छ । एमसीसी सम्झौताका बारेमा नेकपा एमालेले सकारात्मक धारणा सार्वजनिक गरेको छ । एमालेका अनुसार सम्झौतालाई गिजाल्ने काम सत्तागठवन्धन मै रहेका दलहरुले गरेको भन्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी प्रति गम्भीर असहमति जनाएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले पहिलेदेखी नै एमसीसी सम्झौताका बारेका विरोध गर्दै आएका र यथास्थितिमा सम्झौता अनुमोदन हुने दिन ससदको बैठक वहिष्कार गरेर सम्झौतालाई अनुमोदन गराउन सहयोग गर्न सक्ने भन्दै आएका थिए । तर अन्तिम समयमा आएर नै शब्दजाल रचेर व्याख्यात्मक घोषणा भन्दै एमसीसी हेडक्वाटरले पहिला नै जवाफ दिईसकेका विषयहरु राखेर १२ बुँदै व्याख्या गरेर त्यसलाई अनुमोदन गराएका छन् ।

एमसीसी सम्झौतालाई ससदबाट अनुमोदन गराइदिएपछि माओवादी केन्द्रभीत्र व्यापक असन्तुष्ठी उब्जिएको भएपनि अध्यक्ष पुष्पकमल दाहालले भने आफू निकै खुसी रहेको अभिव्यक्ति दिएका छन् । आफ्नै कारणले गर्दा सत्ता गठवन्धन नटुटेको र अब स्थानीय तह, प्रदेश, सभा र संघीय ससदको निर्वाचन सम्म सत्ता गठवन्धन रही रहने उदघोष समेत गरेका हुनाले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी नेपाली काग्रेसको पुच्छर समाएर आफ्नो राजनितिक बचाउन चाहिरहेको हुनाले अनुमोदन गराइएको प्रष्ठ भएको छ । यसरी पार्टीगत र व्यक्तिगत स्वार्थलाई पुरा गर्न एमसीसी सम्झौतालाई प्रयोग गरिएको छ ।

footer