kumari
stcnepal

नेपाल युक्रेनका साथमा किन ?

काठमाडौं । रुसले युक्रेनमा गरेको आक्रमणको विरोधमा नेपाल किन उभियो ? भारत कतै पनि समावेश नभएर तटस्थ बस्न मिल्छ भने नेपाल त त्यसै पनि असंलग्न मुलुक, उसलाई संलग्न हुनुपर्ने कारण थिएन ।

कुटनीतिज्ञहरु भन्छन्– नेपाल एमसीसीपछि अमेरिकासँग संलग्न देखिन थाल्यो ।
सरकारको यो नीतिप्रति प्रतिपक्षी बोलेको छैन । प्रतिपक्ष भनेको छायाँ सरकार हो, छायाँ सरकार १४ सांसदलाई हटाउने र सभामुखमाथि महाभियोगको तरवार लिएर मात्र बस्छ कि देशका नीति निर्णयबारे पनि बोल्छ ?

एमसीसी पारित भएपछि नेपाल नयाँ कोर्सतिर उन्मुख देखिन्छ । एमसीसीका वर्तमान अध्यक्ष अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिंकेनले फोन गरेर संसदबाट पारित व्याख्यात्मक टिप्पणीसहितको अनुमोदन स्वीकारेको सार्वजनिक भएको छ ।

लिखितमका सामु, बकितम । एमसीसीको आजै बैठक बस्दैछ । त्यो बैठकले यही कुरा अनुमोदन गरेर पत्र पठाइदियो भने नेपालको संसदले गरेको निर्णयको अर्थ रहला ? अन्यथा मिनेन्द्र रिजालले र झलनाथ खनालले भनेजस्तो व्याख्यात्मक घोषणाको कुनै अर्थ रहने छैन ।

footer