kumari
stcnepal

आईसीसी विश्वकप लिग टूमा नेपाल युएई सँग ४८ रनले हार्‍यो

काठमाडौं ।आईसीसी विश्वकप लिग टूमा नेपालले युएई सँग ४८ रनको हार ब्यहोरेको छ । १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो ।

दुवई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालको बलिङ प्रदर्शन उत्कृष्ट थियो । थोरै लक्ष्यमा पनि नेपाली ब्याटरहरुले संयमित प्रदर्शन गर्न सकेनन् । ब्याटिङ तर्फ नेपालले ५ ओभर भित्र दुवै ओपनर गुमाइसकेको थियो । युएईका जुनियाद सिद्धकीले पाँचौं ओभरको पहिलो र चौथो बलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखलाई क्रमसः ११ र ७ रनमा आउट गरेका थिए । चौथो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले पनि ४ रनमा रनआउटको शिकार बने ।

चौथो विकेटका लागि ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले ५५ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयास गरेका थिए । ६२ बल खेलेर १ चौका प्रहार गरेका ज्ञानेन्द्र २८ रनको स्कोरमा आउट हुँदा नेपाल २३ ओभरमा ८२–४ को स्थितिमा पुग्यो । अघिल्लो खेलमा पपुवा न्युगिनी विरुद्ध ६० रनको अर्धशतकीय पारी खेलेका रोहित कुमार पौडेलले यूएई विरुद्ध पनि टिमका लागि सर्बाधिक स्कोर गरे । ६० बलमा ४ चौका प्रहार गरेका रोहित करिअरको पाँचौं एकदिवशीय अर्धशतक बाट ४ रनले चुके ।

 

 

 

footer