linktrix Long Ad
Salt Trading Long Ad

आईसीसी विश्वकप लिग टूमा नेपाल युएई सँग ४८ रनले हार्‍यो

780
shares

काठमाडौं ।आईसीसी विश्वकप लिग टूमा नेपालले युएई सँग ४८ रनको हार ब्यहोरेको छ । १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो ।

दुवई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालको बलिङ प्रदर्शन उत्कृष्ट थियो । थोरै लक्ष्यमा पनि नेपाली ब्याटरहरुले संयमित प्रदर्शन गर्न सकेनन् । ब्याटिङ तर्फ नेपालले ५ ओभर भित्र दुवै ओपनर गुमाइसकेको थियो । युएईका जुनियाद सिद्धकीले पाँचौं ओभरको पहिलो र चौथो बलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखलाई क्रमसः ११ र ७ रनमा आउट गरेका थिए । चौथो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले पनि ४ रनमा रनआउटको शिकार बने ।

चौथो विकेटका लागि ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले ५५ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयास गरेका थिए । ६२ बल खेलेर १ चौका प्रहार गरेका ज्ञानेन्द्र २८ रनको स्कोरमा आउट हुँदा नेपाल २३ ओभरमा ८२–४ को स्थितिमा पुग्यो । अघिल्लो खेलमा पपुवा न्युगिनी विरुद्ध ६० रनको अर्धशतकीय पारी खेलेका रोहित कुमार पौडेलले यूएई विरुद्ध पनि टिमका लागि सर्बाधिक स्कोर गरे । ६० बलमा ४ चौका प्रहार गरेका रोहित करिअरको पाँचौं एकदिवशीय अर्धशतक बाट ४ रनले चुके ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports