kumari
stcnepal

नेपालको कुटनीतिक सम्बन्ध जोडियो दक्षिण सुडान र बेलिज सँग

काठमाडौं । नेपालले थप दुई देश सँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिज सँग कूटनीतिक सम्बन्ध जोडेको जानकारी दिइन् ।

उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिज सँग दौत्य सम्बन्ध कायम भएको हो । यो सँगै नेपालले हालसम्म विश्वका १७६ वटा देश सँग कूटनीतिक सम्बन्ध जोडेको छ । प्रवक्ता लम्सालले रुस र युक्रेन बीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आएको प्रस्तावहरु माथि सरकारले महत्वका आधारमा भोट गरेको बताइन् । उनले नेपालले राष्ट्र संघको निकायमा भएको मतदानमा अहिले सम्म भएका ४ भोट युक्रेनको पक्षमा हालेको पनि जानकारी दिइन् ।

प्रवक्ता लम्सालले भनिन्, ‘विभिन्न सवालमा हामीले मेरिटको आधारमा आफ्नो मत जाहेर गर्दै, प्रकट गर्दै आएका छौँ । हामीले महत्वका आधारमा ४ वटा ठाउँमा युक्रेनको पक्षमा भोट गरेका छौँ ।’ उनले भनिन् । प्रवक्ता लम्सालले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियाली रहेको र नेपालले त्यस बाट पाठ सिकेर अघि बढ्ने पनि बताइन् । प्रवक्ता लम्सालले नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको पनि बताइन् ।

 

 

 

footer