गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई २०८० को मदन पुरस्कार

780
shares

काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक मुकाम रणमैदानले पाउने भएको छ ।

मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि चार लाख रुपैयाँ रहेको छ ।यसअघि गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको थियो । छनोट भएका पुस्तकहरूमा मैनालीको मुकाम रणमैदानसहित भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन रहेका थिए ।

वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो। यसगैरी जगदम्बाश्री २०८० बाट प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई सम्मान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports