kumari
stcnepal

माओवादी केन्द्रको चुनाव बारे छलफलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी र तालमेल बारे छलफल हुने छ ।

आठौं महाधिवेशन यता माओवादी केन्द्रले स्थायी समिति गठन नगरेकाले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसेको हो । माओवादी केन्द्र सत्ता गठबन्धन बीचमै चुनावी तालमेल गर्ने पक्षमा छ । सत्ता गठबन्धनमा पनि चुनावी तालमेलको सैद्दान्तिक सहमति भए पनि अझै भागबन्डा  टुंगिन सकेको छैन।

 

 

 

footer