kumari
stcnepal

प्रधानन्यायाधीश राणा बिरूधको महाअभियोग सम्बन्धी सबै कागजपत्र झिकाउन सर्बोच्चको आदेश

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्ध संसदमा पेश गरिएको महाभियोग प्रस्ताव सँग सम्बन्धित कागजातहरू झिकाउन आदेश गरेको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसी सहितको संवैधानिक इजलासमा आज भएको सुनुवाइ पछि उक्त आदेश गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले प्रधानन्यायाधीश माथि संसदमा पेश भएको महाभियोग प्रस्ताव सँग सम्बन्धित सम्पूर्ण कागजातहरू संघीय संसद सचिवालय बाट झिकाउने आदेश गरिएको बताए ।

अधिवक्ताहरू डा. पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले महाभियोग प्रस्ताव विरुद्ध अन्तरिम आदेश जारी गर्दै बदर गराई पाउँ भन्दै फागुन ११ गते दर्ता गराएको रिटमा आज प्रारम्भिक सुनुवाइ भएको थियो।

गत फागुन १ गते प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरूले प्रधानन्यायाधीश राणा विरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

 

 

footer