kumari
stcnepal

मेगा बैंककी कामु सीईओ रविना श्रेष्ठ विभूषित

काठमाडौं । मेगा बैंक नेपालकी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविना देशराज श्रेष्ठ विभुषित भएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख १ गते बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गरी विभुषित गरेको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८को अवसरमा बैंकिङ क्षेत्रका तर्फ बाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो । मेगा बैंक संचालक समितिको बुधबारको बैठकले उनलाई कायममुकायम सीईओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु सीईओ श्रेष्ठ स्थापना काल देखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् ।

३१ बर्ष देखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्ता स्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेन बाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् ।

 

footer