kumari
stcnepal

मेरो चरित्र हत्या गर्ने प्रयास भयो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको प्रगतिलाई रोक्ने छेक्ने शक्ति असफल हुने बताएका छन् । शुक्रवार नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरू द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यदि कुनै शक्तिले त्यस्तो सपना देखेको छ भने त्यो दिवास्वप्न हुने बताएका हुन् ।

थापाले राप्रपा नेपालको मार्ग चित्र नै सही र मुलुकको हितमा भएको समेत दाबी गरे । उनले मुलुकलाई दूरावस्थामा पुर्‍याउने भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र कुशासन विरुद्ध युवाहरूले आवाज बुलन्द पार्नुपर्ने बताए । नियोजित र प्रायोजित रुपमा आफू माथि चरित्र हत्या गर्ने प्रयास भइरहेको उनले बताए । सबै षड्यन्त्रलाई चिरेर अघि बढ्ने दृढता र साहस आफूसँग रहेको पनि उनले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पार्टी नेतृत्व माथिको घेराबन्दी र षड्यन्त्रको भण्डाफोर गरिने बताए । कार्यक्रममा नेताहरू नगेन्द्र देउजा, लोकनाथ लामिछाने, कृष्ण घिमिरे, विशाल शर्मा लगायतले बोलेका थिए । सो अवसरमा युवाहरूलाई अध्यक्ष थापाले पार्टी प्रवेश गराएका थिए ।

 

 

footer