kumari
stcnepal

निर्वाचन सारिएको खण्डमा मुलुक दुर्घटनामा पर्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धारित मितिमा निर्वाचन नभए मुलुक दुर्घटना बाट फस्ने बताएका छन् ।

शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह पनि गरे । निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने उनको भनाई छ ।

‘क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तल माथि गर्ने प्रयास गरियो भने दुर्घटना हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ’, उनले भने । यसै वर्ष भित्र प्रदेश, प्रतिनिधिसभा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको पनि उनले जानकारी दिए ।

 

 

 

footer