kumari
stcnepal

सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजना अनुसार हुने छ : भारत

काठमाडौं । भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजना अनुसार हुने बताएको छ । अग्निपथ योजनामा नेपालले असहमति जनाइरहेका बेला भारतले भने गोर्खा भर्ती समेत त्यही अनुसार हुने बताएको हो ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले भने, ‘हामीले लामो समय देखि भारतीय सेनामा गोर्खा भर्ती गर्दै आएका छौं । र, यसलाई अग्निपथ योजना अन्तरगत निरन्तरता दिन चाहन्छौं ।’

अग्निपथ योजनामा नेपाली युवाहरुलाई भर्ती गर्न आज बिहीबार (२५ अगष्ट) मा बुटबल र १६ भदौमा धरानमा प्रारम्भिक छनोट गर्ने योजना थियो । तर बुधबार परराष्ट्रमन्त्री नारायण खड्काले नेपालका लागि भारतीय राजदुत नविन श्रस्वास्तवलाई बोलाएर भर्ना प्रक्रिया रोक्न आग्रह गरेका थिए ।

footer