kumari
stcnepal

प्रतिनिधिसभाका उम्मेदवारले ३३ लाख सम्म खर्च गर्न पाउने, अरूले कत्ति ?

काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभासदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उमेदवारले गर्न पाउने खर्च सीमा निर्धारण गरेको छ ।

निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार बनाएर निर्वाचन खर्चको हद निर्धारण गरिएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए । यसपटक निर्वाचन क्षेत्रअनुसार उमेदवारले खर्च गर्न पाउने सीमा फरक छ । आयोगले प्रतिनिधिसभामा ३३ लाख र प्रदेशसभामा २३ लाख रुपैयाँ सम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको उनले बताए ।

०७४ को निर्वाचनमा प्रतिनिधिसभाका लागि २५ लाख र प्रदेशसभाका उमेदवारलाई १५ लाख खर्च सीमा निर्धारण गरिएको थियो । यसपटक उमेदवारले गर्न पाउने खर्चको सीमा बढाइएको हो ।उनका अनुसार प्रतिनिधिसभामा २५ लाख, २७ लाख, २९ लाख, ३१ लाख, ३३ लाख सम्म खर्च गर्न पाइने गरी निर्वाचन क्षेत्रलाई ५ ‘क्याटागोरी’मा विभाजन गरिएको छ ।

त्यस्तै, प्रदेशसभा तर्फका निर्वाचन क्षेत्रहरूलाई १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख रुपैयाँ सम्म खर्च गर्न पाउने गरी विभाजन गरिएको छ ।

footer