नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेसले देखायो संसद् बैठकमै कालोझण्डा

715
shares

पोखरा । गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई संसद् बैठकमै कालोझण्डा देखाइएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरूले सभामुखलाई कालोझण्डा देखाएका हुन् ।

सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेस सांसदहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् । मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए । प्रदेशसभामा ६० सांसद छन् । बहुमतका लागि ३१ सिट चाहिन्छ । तर सभामुखले ३० सांसदलाई नै बहुमत घोषणा गरिदिएका हुन् ।

कांग्रेसका सांसदहरुले संवैधानिक मर्यादा कायम गर, असंवैधानिक प्रक्रिया मान्दैनौँलगायतका नारा लगाउँदै कालोझण्डा सहित प्रदर्शन गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports