kumari
stcnepal

मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत भेटिए

काठमाडौं ।मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन्। उनी सर्लाहीको लालबन्दी स्थित एक रिसोर्टमा मृत फेला परेका हुन् ।

भट्टराई नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन लालबन्दी आएका थिए । राति सुतेका भट्टराई बिहान कोठामै मृत फेला परेका हुन् ।

घटना बारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

footer