kumari
stcnepal

महिला फुटवलको ओलम्पिक छनोट नेपालमा हुने

काठमाडौँ – फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’को पहिलो चरणको खेल नेपालमा हुने भएको छ।

एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। समूह ‘सी’मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन्।

छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन्। ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन्। ती टोलीलाई सात समूहमा विभाजन गरिएको छ। नेपालले ओलम्पिक तयारी स्वरुप भारत सित दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

footer