kumari
stcnepal

केपी ओली फुटवलको उपाधि मछिन्द्र फुटवल क्लवलाई

काठमाडौं ।पहिलो संस्करणको केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो । खेलको पाँचौं मिनेटमा ओलावले अफिजले हेडर गोल गर्दै मछिन्द्रलाई १-० को अग्रता दिलाए ।

मछिन्द्रले सुरुमै खेलमा अग्रता लिए पनि सातदोबाटोको लागि कप्तान सुदिप गुरुङको पासमा जर्डन जुनियर ओभानाले १९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टिमले मौका बनाए पनि सदुपयोग गर्न सकेनन् ।निर्धारित समयमा १-१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । विजेता मछिन्द्रले १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता टोलीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

footer