kumari
stcnepal

रसुवामा नेकपा एस सकियो, जिल्ला अध्यक्ष सहित सबै एमालेमा प्रवेश

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का रसुवा जिल्ला कमिटी अध्यक्ष विष्णु देवकोटा सहित जिल्ला र प्रदेशस्तरका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा जिल्ला कमिटी अध्यक्ष देवकोटासहित प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा तथा जिल्ला कमिटी सचिवालय सदस्य ठाकुर पौडेल छन् । उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् ।

पार्टीद्वारा जारी मिसन ग्रासरुट अभियान अन्तर्गत रसुवामा खटिएका पार्टी पोलिटव्युरो सदस्य ईश्वर बहादुर रिजाल (ईश्वरी) ले उनीहरूको पार्टी प्रवेशको चाँजोपाँजो मिलाएका थिए । पार्टी प्रवेशका लागि रिजालले देवकोटा, विश्वकर्मा र पौडेललाई लिएर आज बालकोट पुगेका थिए ।

प्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले नेकपा एमाले देश बनाउने तीव्र अठोटका साथ अघि बढिरहेको बताए । हामीले खाने एक गाँस खानाका लागि अनाजको बीउ देखि फल लाग्ने बेला सम्म धेरै दु:ख र मेहनत गरेजस्तै देश बनाउने कुरा पनि सोही प्रकृतिको भएको र परिणाम दिन एमाले आतुर रहेको बताए । यस्तै, जनजीवीकाको सवालमा एमाले अत्यन्तै संवेदनशील रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

footer