kumari
stcnepal

भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई सञ्चार मन्त्रीले गरिन सहयोग

रुकुम । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुमपश्चिमका पत्रकारलाई सहयोग हस्तान्तरण गरेका छन् । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमका अध्यक्ष लक्ष्मण केसीलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, उपाध्यक्ष उदय जीएमलगायतको उपस्थितिमा मन्त्री शर्माले ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट समेत हस्तान्तरण गरेका हुन् । भूकम्प प्रभावित र प्रभावितस्थलको रिपोर्टिङमा रहेका पत्रकारलाई सहयोग पुगोस भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिए ।

मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा रहएका छन् । उनले शनिबार सल्यानमा पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गरेका थिए । आइतबार रुकुम र जाजरकोटका भूकम्प प्रभावितस्थल जाने कार्यक्रम रहेको मन्त्री शर्माका सन्चार बिज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

footer