kumari
stcnepal

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष समेत रहनुभएकी पत्नी रञ्जिता श्रेष्ठसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको बताउनुभएको हो । तस्वीरमा रञ्जिताले रेशमलाई जुस खुवाइरहेको देखिएको छ । ‘हामी छिट्टै लुम्बिनी र सुदूपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ ।’ रेशमले फेसबुकमा लेख्नुभएको छ ।

रेशमले महासचिव ठाकुरसिंह थारूलाई साक्षी राखेर पार्टी र सरकार दुवै रञ्जितालाई नै चलाउन दिने आग्रह गरेको कुरा पनि उल्लेख गर्नुभएको छ ।

footer