kumari
stcnepal

काठमाडौँ महानगरपालिकाले कर छुट सम्बन्धी सूचना प्रकाशित गर्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर छुटसम्बन्धी सूचना प्रकाशित गरेको छ । जसअनुसार महानगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति कर, व्यवसाय कर र बहाल कर छ भने पुस मसान्तभित्र बुझाउँदा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट दिइनेछ ।

यस्तै महानगरपालिकाले जरिवाना छुटसम्बन्धी सूचना पनि प्रकाशित गरेको छ । जसअनुसार पुस मसान्तभित्र बक्यौता बुझाउँदा लाग्ने सबै जरिवाना छुट गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले समयमै कर बुझाएर जरिवाना छुट सुविधा लिन अनुरोध गरेको छ ।

footer