kumari
stcnepal

कोरोना विरुद्धको खोप पर्याप्त मात्रामा छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनाएको छ । कोरोना विरुद्धको १० देखि १२ लाख डोज खोप मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए । सो खोप नलगाएका व्यक्तिले आफ्नो पायक पर्ने स्थानबाट खोप लगाउन समेत उनले अग्राह गरे ।

देशभर ९२ प्रतिशत सङ्ख्याले कोरोना विरुद्धको खोप लगाएका छन् भने ८ प्रतिशत व्यक्तिले खोप लगाउन बाँकी छन् । नेपालमा नयाँ सब–भेरियन्ट जेएन. १ को पुष्टि भएसँगै खोप नलगाएका व्यक्तिलाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको हो । हालै पुष्टि भएको ओमिक्रोनको नयाँ सब–भेरियन्ट खोप नलगाएका व्यक्तिलाई खोप लगाएका व्यक्तिको तुलनामा बढी प्रभाव हुनसक्ने भएकाले खोप लगाउनुपर्ने बुढाथोकीले बताए । देशभर ५ वर्ष बढी उमेरकाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् ।

नियमित हात धुने, अनिवार्य मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, सकेसम्म भिडभाड नगर्ने लगायतका स्वास्थ्य मापदण्डलाई अनिवार्य लागू गर्न समेत बुढाथोकीले सबैलाई सुझाए ।

footer