kumari
stcnepal

आन्तरिक राजस्व विभागको महानिर्देशकमा तिवारी र भन्सार बिभागको महानिर्देशकमा निरौला नियुक्त

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक राजश्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएका छन् । मन्त्री पुनले केही दिन अघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भई आएका तिवारीलाई आज विभागको महानिर्देशक बनाई पठाएका हुन् ।

त्यसैगरी भन्सार विभागको महानिर्देशकमा ढुण्डी प्रसाद निरौलालाई नियुक्त गरिएको छ । उनी पनि केही दिनअघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भई आएका थिए । निरौलालाई भन्सार पठाएसँगै त्यहाँका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पु¥याइएको छ । त्यहाँका तालिम प्रमुख राम प्रसाद आचार्यलाई मन्त्रालय ल्याइएको छ ।

राजश्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा लगिएको छ । बजेटका उत्तर कुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्याङ्कनमा सारेर त्यहाँका धनिराम शर्मालाई राजश्व व्यवस्थापन महाशाखा प्रमुख बनाइएको छ ।

footer