kumari
stcnepal

अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि संसदीय दलका नेता चौधरीले आफूहरुको समर्थन कायमै रहने दाबी

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन् । आज टीकापुरमा सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरु सम्मिलित बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि चौधरीले आफूहरुको समर्थन कायमै रहने दाबी गरेका हुन् ।

प्रदेशका विना विभागीय मन्त्रीसमेत रहेका चौधरीले  भने, ‘हामी बहुमत संसदीय दलका सदस्यहरुको समर्थन प्रदेश सरकारलाई कायमै रहेको छ । आज के निर्णय भयो, हामीलाई थाहा छैन ।’ सरकारबारे निर्णय गर्न आज टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरु सम्मिलित बैठकको औचित्य समेत नभएको उनले बताए ।

पार्टीका संरक्षक रेशमलाल चौधरी सहित बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरुको उपस्थितिविना निर्णय भएको भन्दै अर्कोथरीले विरोध जनाएका छन् । त्यस्तै, नाउपा निकट स्रोतकाअनुसार जापानमा रहेका पार्टी संरक्षक चौधरीले यस्ता राजनीतिक निर्णयहरु धेरै हुने गरेको बताउँदै सांसदहरुलाई विचलित नहुन समेत आग्रह गरिएको र आफू फर्केपछि ठोस निर्णय लिने भन्दै आश्वस्त पारेको बताइएको छ ।

footer