kumari
stcnepal

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ ।आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा सङ्घीयता सबलीकरण गर्न आगामी आ.व. २०८०/८१ को बजेट मा सङ्घ, प्रदेश र स्थानीय तहबिच वित्तीय हस्तान्तरणको तयारी, राजश्व र प्राकृतिक स्रोत उपयोग एवं लाभ बाँडफाँडको अवस्था, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस कार्यान्वयनको अवस्था, विद्युत् प्रशारण आयोजनाको हालसम्मको कार्य प्रगति र समस्याको बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

 

footer