गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माईतीघरका नायक सिपी लोहनीको निधन

780
shares

विसं. २०२३ सालमा सार्वजनिक भएको नेपालको पहिलो व्यवसायिक चलचित्र ‘माईतिघर’का अभिनेता सिपी (चिदाम्बरम प्रसाद) लोहनीको निधन भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार काठमाडौंको माइतीघरस्थित् अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत लोहनीको सोमबार निधन भएको हो।

श्वास–प्रश्वासमा समस्या देखिएपछि उहाँको केही दिनदेखि अन्नपूर्ण अस्पतालमा आइसियुमा उपचार भइरहेको थियो । उहाँको पार्थिव शरिरलाई आज अपरान्ह ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।

लोहनी गायक समेत हुनुहुन्थ्यो । रेडियो नेपालमा उहाँले केही गीत रेकर्ड गराउनुभएको छ । उहाँ ‘माइतीघर’का गायकसमेत हुनुहुन्थ्यो । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याउनुभएको थियो । नेपालीसहित हिन्दी र बंगाली चलचित्रकी चर्चित अभिनेतृ माला सिन्हाका उहाँ श्रीमान् समेत हुनुहुन्छ । उहाँहरूको एक छोरी हुनुहुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports