kumari
stcnepal

माईतीघरका नायक सिपी लोहनीको निधन

विसं. २०२३ सालमा सार्वजनिक भएको नेपालको पहिलो व्यवसायिक चलचित्र ‘माईतिघर’का अभिनेता सिपी (चिदाम्बरम प्रसाद) लोहनीको निधन भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार काठमाडौंको माइतीघरस्थित् अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत लोहनीको सोमबार निधन भएको हो।

श्वास–प्रश्वासमा समस्या देखिएपछि उहाँको केही दिनदेखि अन्नपूर्ण अस्पतालमा आइसियुमा उपचार भइरहेको थियो । उहाँको पार्थिव शरिरलाई आज अपरान्ह ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।

लोहनी गायक समेत हुनुहुन्थ्यो । रेडियो नेपालमा उहाँले केही गीत रेकर्ड गराउनुभएको छ । उहाँ ‘माइतीघर’का गायकसमेत हुनुहुन्थ्यो । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याउनुभएको थियो । नेपालीसहित हिन्दी र बंगाली चलचित्रकी चर्चित अभिनेतृ माला सिन्हाका उहाँ श्रीमान् समेत हुनुहुन्छ । उहाँहरूको एक छोरी हुनुहुन्छ ।

footer