kumari
stcnepal

सचिव राय महालेखापरीक्षकको लागि सिफारिस

संवैधानिक परिषद्को बैठकले रिक्त महालेख परीक्षकको पदमा तोयम रायलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

आज बस्ने बैठकबारे प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग हिजो भेटवार्ता गर्नुभएको थियो ।आजको बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपसभामुख इन्दिरा रानाको उपस्थिति थियो ।

महालेखापरीक्षकमा सिफारिस राय राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव हुन् ।

footer