kumari
stcnepal

विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतको थप २१ दिन थुनामा राख्न अनुमति

काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ ।

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । माघ ११ गते विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसपछि फागुन २ गते पुनः उनीहरु माथि १० दिन म्याद थप भएको थियो ।

अहिले पछिल्लोपटक पौडेलद्वयलाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।विकल पौडेलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता र सुनिलमाथि पेमेन्ट गेट–वे अनियमिततामा मुद्दा चलेको छ ।

 

footer