kumari
stcnepal

ग्लोबल आइएमई बैकको “पैसा आउने,थपेर पाउने ” योजना, ग्लोबल रेमिट मार्फत पैसा पठाउँदा विशेष क्यास ब्याक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकिङ प्रणालीमार्फत हुने रेमिट्यान्स कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रूपैयाँसम्म क्यास ब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । “पैसा आउने, थपेर पाउने” नारासहित सार्वजनिक गरेको क्यास ब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आईएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रूपैयाँसम्मको क्यास ब्याक पाइनेछ ।

यस क्यास ब्याक योजना अन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५,००० देखि ५०,००० रूपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५०,००१ देखि १००,००० रूपैयाँसम्म पैसा पठाउँदा २५० रुपैयाँ र १००,००० रूपैयाँभन्दा बढी पैसा पठाउँदा ५०० रुपैयाँ क्यास ब्याक प्राप्त गर्नेछन् । यो योजना जुन १०, २०२४ सम्म लागू रहनेछ । ग्लोबल आईएमई बैंकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रूपैयाँसम्म थप गरिदिनेछ ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्स्टेन्सन तथा राजश्व संकलन काउण्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन । ग्लोबल आईएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

footer