kumari
stcnepal

सुनको मूल्य आज एकै दिन १ हजार ७ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमवारको तुलनामा १ हजार ७ सय रुपैयाँले उकालो लागेर १ लाख ३९ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।

footer